१८८६८ मतगणना हुँदा बानियाँले बढाए अग्रता
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् ।
बानियाँले ८ हजार ९८१ मत ल्याउँदा नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ७२१ मत पाएका छन् ।
बानियाँले थापालाई एक हजार २६० मतले पछि पारेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री बहादुर खड्काले ९९६ मत पाउँदा ७११ मत बदर भएको छ । सो क्षेत्रमा हालसम्म १८ हजार ८६८ मत गणना भएको छ ।
