समाचार
दुर्घटनामा परेर पत्रकार कँडेलको मृत्यु
रुपन्देही । मोटरसाइकल दुर्घटनामा परेर रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको मृत्यु भएको छ । शुक्रबार साँझ बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नं.को रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले लु ४४ प ८२०१ नं.को मोटरसाइकललाई ठक्कर दिँदा कंडेलको मृत्यु भएको हो । मृतक कंडेल मोटरसाइकल...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना...
हेटौंडाका मोक्तान मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ ईपास्थित गंगटे जंगलमा शुक्रबार एक जनाको शव फेला परेको छ । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने २४ वर्षीय कृष्ण मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका...
नेपाल एयरलाइन्सको आन्तरिक उडान प्रभावित
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित बनेको छ । काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै...
ईपीएस परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक
काठमाडौं । कोरियन भाषा (ईपीएस) परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा शुक्रबार सार्वजनिक भएको छ । गत भदौं २० गतेदेखि कात्तिक २१ गतेसम्मको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार, ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । १४ हजार ४३ जना सहभागी भएको परीक्षामा...
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
दाङ । दाङमा श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् । हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा बोटेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । प्रहरीका अनुसार, बोटेले सामान्य...
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीस्थित पुर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान १० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २५ प ८४६३ नं.को माटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं.१–०२४ च ९९६५ नं.को कार एकापसमा ठोक्किएर...
४० वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिने
काठमाडौं । दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने जानकारी गराएका हुन् । सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको...
अवैध लागूऔषधसहित एक जना पक्राउ
नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका–७ व्यारेस पुलबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्ससहित एक जनालाई त्रफाउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने...
मकवानपुरको सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन मिलाइयो
मकवानपुर । यही मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुर जिल्लाको सबै मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार जिल्ला सुरक्षा समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र...









