आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
बुधबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, बिहीबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
