काठमाडौं – ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली निर्वाचित
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेलाई १ हजार ९४३ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे । माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् ।
