समाचार
हेटौंडामा सवारी दुर्घटना, दुई जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीस्थित पुर्व–पश्चिम सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान ११ बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प न.को स्कुटरले ठक्कर दिँदा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने १४ वर्षीय सन्त सिं प्रजा घाइते...
भ्रामक सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपालले केही सञ्चार माध्यमको मास्टहेड दुरुपयोग प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भोलि मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) मा विभिन्न सञ्चार माध्यमको...
भोट हाल्न जाँदा अनिवार्य रुपमा परिचय पत्र लैजान आग्रह
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा अनिवार्य रुपमा मतदाता परिचय पत्र लैजान आग्रह गरेका छन् । मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने...
सुतेकै ठाउँमा मृत फेला परे मतदान अधिकृत
सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार, मतदान केन्द्रमै सुतेका रायलाई...
विराटनगरका दुई ठाउँमा फेला परेका शंकास्पद वस्तु डिस्पोज
विराटनगर । विराटनगर महानगरपालिकाका दुई स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । निर्वाचनको अघिल्लो दिन शनिबार विराटनगरका दुई छुट्टाछुट्टै स्थानमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको हो । शनिबार विहान विराटनगर महानगरपालिका–३ को पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो...
ट्याङ्करको ठक्करबाट बालकको मृत्यु
भक्तपुर। भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । रामेछापको सुनापाती गाउँपालिका–४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासीमा विहान १० बजे बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो...
मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत अवस्थामा फेला
डोटी । डोटीको जोरायल–३ मा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको जोरायल गाउँपालिका–३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका–३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बिचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली...
सहज रुपले समाचार सम्प्रेषण गर्ने वातावरण मिलाउन पत्रकार महासंघको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा पत्रकारले सहज रुपमा समाचार सम्प्रेषण गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधान जारी भएपछिको दोस्रो पटक हुन गइरहेको निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित...
चितवनको विभिन्न तीन स्थानमा शंकास्पद वस्तु फेला
चितवन । चितवनको विभिन्न तीन स्थानमा शंकास्पद वस्तु फेला परेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनको मुख्य सहर क्षेत्रमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं. १२ आस्था...
पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ
काठमाडौं । मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन् । उनलाई पैसा बाँडेको आरोपमा हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, निरौलासहित अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा...








