समाचार
मकवानपुरको मतगणना स्थलमा सीसीटीभी र तारजाली जडान
मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन मकवानपुरको मतगणना कक्षमा तारजाली तथा सीसीटीभी जडान गरिएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ सिद्धार्थ माविको ८ वटा कोठामा तारजाली तथा सीसीटीभी क्यामेरा जडान गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।...
कञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरबाट नेकपा बहुमतका ८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजीका ४२ वर्षीय हरिष दयाल, भिमदत्त नगरपालिका–९ मटेनाका २४ वर्षीय दीपेन्द्र...
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बर्तौलाले गरे मतदान
मकवानपुर । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदवार महेश बर्तौलाले मतदान गरेका छन् । उनले भीमफेदी गाउँपालिका वडा नम्वर ९ बाघमारा बाख्रा फार्म मतदान केन्द्रबाट दिउँसो १२ बजे मतदान गरेका हुन् । त्यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नम्वर २ (ख) का उम्मेदवार लालबहादुर थापाले...
नेपाल परिवार दलका अध्यक्ष ढकालले गरे मतदान
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले मतदान गरेका छन् । उनले गृहजिल्ला गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ८ स्थित जागेश्वर माविको मतदान केन्द्रमा पुगी विहान ९ बजे मतदान गरेका हुन् । ढकाल श्रीमती ब्लेसिको साथै दुइ छोरीहरु एस्थर र सिमहालाई साथमै लिएर लिएर मतदानस्थल...
मकवानपुरमा तीन जना किरियापुत्रीले गरे मतदान
मकवानपुर । मकवानपुरको मनहरीमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् । आज बिहानैबाट सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनअन्तरग मनहरी–४ स्थित पशुपतिनाथ मावि मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेको मतदान अधिकृत भैरबबहादुर कुमालले जानकारी दिए । उनका अनुसार, किरियापुत्री बिलराम खड्काले मतदान केन्द्र (क),...
हेटौंडामा निर्वाचन बिथोल्न खोज्ने ७ जना पक्राउ
मकवानपुर । हेटौंडामा संचालन भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न खोज्ने ७ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । बिहान ९ः५० बजेको समयमा हेटौंडा–१० बसपार्कस्थित नेकपा बहुमत समुह मकवानपुरका इन्चार्ज हेटौंडा–१० बस्ने ४१ वर्षीय रबि खड्कासहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
ईन्द्र बानियाँले कमला आधारभूत विद्यालयबाट मतदान गरे
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले आइतबार विहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ को कमला आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगी मतदान गरेका हुन् । बानियाँ क्षेत्र नम्वर–२ का उम्मेदवार...
रौतहटको दुई स्थानमा मतदान कार्य स्थगित
रौतहट । रौतहटमा दुई स्थानको मतदान कार्य स्थगित भएको छ । मतदानाका क्रममा गोली चल्दा जिल्लाको गुजरा नगरपालिका र गरुडामा मतदान कार्य स्थगित भएको हो । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको...
मतगणना कार्य आजै रातिबाट सुरु हुने
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मत गणना कार्य आज रातिबाट नै सुरु गरिने बताएका छ । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले काठमाडौं लगायत तराईका जिल्लाहरु मत गणना कार्य आजै रातिबाट सुरु गरिने बताएका हुन् । आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा...
प्रदेश सभा सदस्य पदका उम्मेदवार श्रेष्ठले गरे मतदान
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित रोपवे मतदान केन्द्रमा पुगी विहान ९ः१५ बजे मतदान गरेका हुन् । मतदानपश्चात प्रतिक्रिया दिँदै श्रेष्ठले लोकतान्त्रिक अभ्यासमा जनताको उपस्थिति उत्साहजनक रहेको भन्दै प्रशंसा गरे...










