जनार्दन शर्मा तेब्बर मतान्तरले अघि

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १८:३५
file-photo

रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि रहेका छन् । रुकुम पश्चिममा खसेको ६० हजार ५२७ मतमध्ये १४ हजार ४५४ मतगणना हुँदा शर्माले तेब्बर मतले अग्रता लिएका हुन् ।

शर्माले ९ हजार १०९ मत प्राप्त गर्दा उनका प्रतिस्प्रर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ३ हजार ६९६ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका दीपक मल्लले २७० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसी (सुर्यमुखी) ले ७५३ मत पाएका छन् भने ५५९ मत बदर भएका छन् ।