समाचार

आईतबार देशभरका ११ जिल्लामा गोली चल्यो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचन गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार, ११ वटा जिल्लाको २४ स्थानमा सुरक्षाका लागि गोली चलाउनुपरेको हो । यस्तै, ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ ।...

मकवानपुरमा ५२ प्रतिशत मत खस्यो

मकवानपुर । हाल मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि मतदान जारी छ । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी दिउँसो ४ः२० बजेसम्ममा ५२ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, जिल्लामा बिहान ७...

देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी गराएको छ...

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

दार्चुला । दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् । लेकम गाउँपालिका–१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रामेछापमा मतदान गरेर फर्केका दुई युवकमाथि कुटपिट

रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं. ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सल्ले गाउँका ४ जना जनाको समूहले कुटपिट गरेको हो ।...

मकवानपुरमा ४२ प्रतिशत मत खस्यो

मकवानपुर । हाल मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि मतदान जारी छ । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी दिउँसो ३ बजेसम्ममा ४२ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, जिल्लामा बिहान ७...

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ । यस्तै, आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । साथै मतदान कार्य स्थगित गर्नैपर्ने भएमा...

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके पैजापुर गाउँपालिका वडा नम्वर ४ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित मयुरधापस्थित मकवानपुर कन्ट्रक्सन प्रा.लि.(निर्माण सम्बन्धि काम गर्ने) मा काम गर्ने ३० वर्षीय ओम प्रकाश थारु रहेका छन् । जिल्ला...

मतदान गर्न जाने क्रममा एक वृद्धको मृत्यु

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय मकवीर कार्की रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार, कार्कीके कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा मृत्यु भएको हो । उनको हृदयघातका कारण...

मकवानपुरमा मतदान जारी : ३० प्रतिशत मत खस्यो

मकवानपुर । हाल मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि मतदान जारी छ । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी दिउँसो १ बजेसम्ममा करिब ३० प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाको हेटौंडा...