मकवानपुर १ (ख) मा एमालेका श्रेष्ठ निर्वाचित

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् ।
उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतले पराजित गरेका हुन् ।
सो क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २२५ मत पाउँदा पराजुलीले १३ हजार ३५६ मत पाएका हुन् ।
त्यस्तै राप्रपाका गुन्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत पाएका हुन् ।