मकवानपुरमा डिनाको अग्रता कायमै, कमल थापाले मतगणना सम्पन्न हुनुपूर्व पराजय स्वीकारे
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा हालसम्म ७१ हजार ४७८ मत गणना भएको छ ।
जसमा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २० हजार ६४८ मत पाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २१ हजार ९१० मत पाएकी छिन् ।
हालसम्म कांग्रेसकी डिना सबैभन्दा अगाडि छिन् । राप्रपाका दिपकबहादुर सिंहले १९ हजार ७५६ मत पाएका छन् । अब झण्डै २० हजार मत गणना हुन बाँकी छ ।
मतगणना सम्पन्न हुनुपूर्व नै थापाले पराजय स्वीकारेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै आफु पराजित भएको स्वीकार गरेका हुन् । उनले सूर्य चिन्हबाट चुनाव लड्ने अवसर दिएको भन्दै नेकपा एमालेप्रति आभार व्यक्त गरेका छन् ।
