समाचार

कमल थापाले गरे मतदान

मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा–६ स्थित वंशगोपाल माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा आज विहान मतदान गरेका हुन् । नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवारसमेत रहेका उनले आफ्नै क्षेत्रको मतदानस्थलबाट मतदान गरेका हुन् । यसअघि मकवानपुर...

मकवानपुरमा १० वटा मतदानस्थल अपाङ्गमैत्री, छुट्टै प्रवेशद्वारको व्यवस्था

मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको छ । ती सबै मतदानस्थल हेटौंडा उपमहानगरपालिका भित्र रहेको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाको भुटनदेवी मावि हेटौंडा–४, बालज्योति मावि हेटौंडा–५, नवज्योति मावि हेटौंडा–७, वडा नम्वर १५ कार्यालय रातोमाटे, रोप...

प्रचण्डले गरे चितवनबाट मतदान

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनले चितवनको नेपाल पुलिस स्कुल शान्तिपुर (क) बाट मतदान गरेका हुन् । मतदानपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने प्रतिक्रिया दिए । गोरखाबाट प्रतिनिधि सभाको चुनाव लडेका प्रचण्डले प्रधानमन्त्रीको विषय गठबन्धनमा राम्ररी...

पूर्व स्वास्थ्यमन्त्री खतिवडाले गरे मतदान

मकवानपुर । पूर्व स्वास्थ्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपमहासचिव विरोध खतिवडाले मतदान गरेका छन् । हेटौंडा–४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट उनले विहान ७ः१० बजे मतदान गरेका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले मतदान भने क्षेत्र नम्वर–१...

यी शीर्ष नेताले आफैंलाई मतदान गर्न नपाउने

काठमाडौं । केही शीर्ष नेताले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले उनीहरुले आफैलाई मतदान गर्न नपाउने भएका हुन् । आफूले आफैँलाई मतदान गर्न पाउनेमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा.शशाङ्क...

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना...

आम निर्वाचन : मकवानपुरमा मतदान सुरु

मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा मतदान सुरु भएको छ । जिल्लामा विहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म संचालन हुनेछ । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी ३६४ मतदान केन्द्रको...

निर्वाचन आयोगद्वारा शहरी विकास र स्वास्थ्य मन्त्रीलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरीवानासहित कारबाही गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उनीलाई आयोगले जरीवानासहित कारबाही गरेको हो । शहरी मन्त्री चौधरीमाथि बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।...

मौन अवधिमा प्रचार-प्रसार गरेको भन्दै पर्साबाट २ जना पक्राउ

पर्सा । मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साह रहेका छन् । पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो...

देशभरका १ करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने

काठमाडौं । भोलि मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर कूल १ करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने हुन् । आयोगको...