बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १५:५७
file-photo

बाग्लुङ । बाग्लुङ क्षेत्र नम्वर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मतसहित विजयी हाँसिल गरेका हुन् ।

यस्तै, एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मतसहित पराजित भएका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा र २ बाट डिल्लीराम सुवेदी विजयी भएका छन् ।