खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ
नवलपरासी । नवलपरासी बर्दघाट नगरपालिका–४ को एक खाजा पसलमा मंगलबार राति खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु र अर्का एक जना गम्भीर घाइते भएका थिए ।
सोही घटनामा संलग्न रहेको आरोपमा बर्दघाट नगरपालिका –२ का ५० वर्षका ज्ञानेन्द्रबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मंगलबार राति करिब ९ बजे समयमा खाजा पसलमा पुगेका रानाले पसलधनी ४२ वर्षकी विष्णुकुमारी काउछा र कोठामा बसेका ४६ वर्षका दीलिपकुमार पुनमाथि खुकुरी प्रहार भएको थियो ।
गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । मृतक बडीगाड गाउँपालिका–४, बाग्लुङका हुन् । चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बागलुङको बडीगाडकै हुन् ।
