समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार, समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले मत र राप्रपाले ५७ हजार २३६ मत प्राप्त गरेका छन् ।
