मकवानपुरका पुरुष काठमाडौंमा मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
उक्त शव मकवानपुरका ४५ वर्षे गोविन्द परियारको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन् । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
