मेरो क्षेत्रका जनतालाई धन्यवादः बानियाँ

तु खबर संवाददाता
२०७९ मंसिर ७,बुधबार १९:०७
file_photo

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा निर्वाचित इन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्रका बानियाँलाई धन्यवाद दिएका छन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै बानियाँले आफुलाई निर्वाचित गराउन सहयोग गर्ने आम जनता, गठबन्धनका दल, नेता तथा कार्यकर्ताहरुलाई उनले धन्यवाद दिए ।

बानियाँले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन समिति, सञ्चार जगत र सुरक्षा निकायलगायत सबैलाई धन्यवाद दिए ।

जनताको विश्वासमाथि घात हुने गरी कुनैपनि गतिविधि नगर्ने बताउँदै उनले बागमती प्रदेशको विकासका लागि लागिपर्ने बताए ।