मकवानपुर २ (ख) इन्द्र बानियाँ जितको नजिक

तु खबर संवाददाता
२०७९ मंसिर ७,बुधबार १६:२९

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ जितको नजिक पुगेका छन् ।

हालसम्म ३७ हजार २२४ मतगणना हुँदा बानियाँले १७ हजार ३०१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १५ हजार ६९५ मत पाएका छन् ।

बानियाँ थापाभन्दा १ हजार ६०६ मतले अगाडि छन् । सो क्षेत्रमा अब २ हजार ९०४ मत गणना गर्न बाँकी छ ।