३११९३ गणना गर्दा कुमारी मोक्तान ६९३ मतले अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानको अग्रता कायम रहेको छ । उनी ६९३ मतले अगाडि छिन् ।
हालसम्म ३१ हजार १९३ मतगणना भएको छ जसमा मोक्तानको १४ हजार ११६ मत आएको छ भने एमालेका ढकालको १३ हजार ४२३ मत प्राप्त भएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार ९०३ मत प्राप्त गरेका छन् । मतगणनाजारी रहेको छ ।

