मकवानपुर १ मा ४३७६७ गणना गर्दा डिनाको १५३०० मत, २४०४ मतले कमल थापा पछाडि

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १३:२६

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ४३ हजार ७६७ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १५ हजार ३०० मत पाएकी छिन् ।

त्यस्तै नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको १२ हजार ८९६ मत आएको छ ।

त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १० हजार ३५५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाको १ हजार ७१० मत पाएका छन् । २ हजार ३९ मत भने बदर भएको छ ।