४३२४४ मतगणना हुँदा बर्तौला खतिवडाभन्दा १९०७ मतले अगाडि
हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् ।
एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाभन्दा १ हजार ९०७ मतले अगाडि छन् ।
हालसम्म ४३ हजार २४४ मत गणना हुँदा बर्तौलाले १७ हजार २५५ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् ।
