राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं–२ बाट निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०९:१२

काठमाडौं । काठमाडौं क्षेत्र नम्वर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११ हजार १४ मतसहित तेस्रो र नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो स्थानमा सिमित बनिन् ।