हेटौंडा–२ को मतगणनामा दिपक सिंह पहिलो, कमल थापा तेस्रो

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०८:५९

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना सकिएको छ ।

सो वडामा ३ हजार २२० मत खसेको थियो । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले सबैभन्दा बढी मत पाएका छन् ।

सिंहले १ हजार ५५४ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७८९ मत पाएकी हुन् ।

त्यस्तै नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५३२ मत पाएका छन् । मतगणना जारी रहेको छ ।