बर्दघाटमा एक जना पुरुषको हत्या

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १०:१५

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा एक जना पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्वर ४ हाटबजार नजिकैको घरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको पर्समा भेटिएको नागरिकता अनुसार मृतक गण्डकी प्रदेशको बाग्लुड जिल्ला जलजलाका दिलीप कुमार पुन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोही घरमा अन्दाजी ४७ वर्षीया एक महिला पनि सख्त घाइते भएकी छन् ।

घाइते महिलालाई चिसापानी अस्पताल बर्दघाटमा पुर्‍याइएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको घटनामा संलग्नको खोजी हुनुका साथै घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।