बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १०:३२

काठमाडौं । बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई १ हजार ४७९ मतान्तरले पराजित गरे । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरे ।

यस्तै, बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे । सुवेदीले १३ हजार ३२७ ल्याउँदा पौडेलले ७ हजार २५२ मत प्राप्त गरे पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत थिए ।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई ३ हजार १०० मतान्तरले पराजित गरे । शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार ८ मत प्राप्त गरे ।

यसैगरी, बागलुङ– २ (२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले ८ हजार ६७१ मत प्राप्त गरे ।