१७०३० गणना गर्दा इन्द्र बानियाँ १०९८ मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ६,मंगलवार १६:०१

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् ।
बानियाँले ८ हजार १०२ मत ल्याउँदा नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ४ मत पाएका छन् ।

बानियाँले थापालाई एक हार ९८ मतले पछि पारेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री बहादुर खड्काले ८८३ मत पाउँदा ६२० मत बदर भएको छ ।

सो क्षेत्रमा हालसम्म १७ हजार ३० मत गणना भएको छ ।