२१९३५ गणना गर्दा इन्द्र बानियाँले पाए १०३८० मत

तु खबर संवाददाता
२०७९ मंसिर ६,मंगलवार २१:१७
file_photo

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

यो समाचार तयार पार्दासम्म २१ हजार ९३५ मत गणना भएको छ । बानियाँले १० हजार ३८० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले ८ हजार ९४९ मत प्राप्त गरेका छन् । बानियाँले १ हजार ४३१ मतले थापालाई पछि पारेका छन् । मतगणना जारी रहेको छ ।