माधव नेपालको अग्रता कायमै
रौतहट । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । सुरुवाती चरणमा झिनो मतको अन्तरले देखिए पनि अहिले नेता नेपालले ४ हजार बढी मतले अग्रता लिएका छन ।
गृह जिल्ला रौतहट क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपालले मतगणनाको पछिल्लो परिणाम अनुसार, १७ हजार ४६५ मत प्राप्त गरेका छन ।
उनका निकटतम प्रतिद्वन्दी एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उमेदवार अजयकुमार गुप्ताले १३ हजार २३९ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन ।
