चितवन–२ मा रवि लामिछानको अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०८:३५
file-photo

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले आफ्नो प्रतिस्प्रर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेललाई ७ हजार ३८२ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन् ।

लामिछानेलाई १३ हजार ६ सय ४१ मत प्राप्त हुँदा पोखरेललाई ६ हजार २ सय ४९ मत प्राप्त भएको छ । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन् ।