गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०७:४९

गुल्मी । गुल्मीमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गएराति करिब २ बजे जिल्लाको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकबाट कुतडाडा जाँदै गरेको ५३४० नम्वरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर चार जनाको घटनास्थल मै र एक जनाको उपचार गर्न पाल्पा पठाएकोमा बाटो मै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सत्यवती गाउँपालिका–का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी, ४७ वर्षका रनबहादुर सिंजापती, वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।