भारी मतान्तरसहित प्रचण्डको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०८:२७
file-photo

गोरखा । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् ।

बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १० हजार मतले पछि पार्दै अग्रता कायमै राखेका हुन् ।

प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत प्राप्त गरेका छन् ।