समानुपातिकमा एमालेको अग्रता कायमै, २ लाख मत कट्यो
काठमाडौं । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
बुधबार बिहानको मतपरिणाम अनुसार, पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९५ हजार १५ मतसहित तेस्रो स्थान, नेकपा माओवादी केन्द्र ८६ हजार ६३२ मतसहित चौथो स्थान, राप्रपा ४९ हजार ७०५ मतसहित पाँचौ स्थानमा रहेका छन् ।
यसैगरी, जसपाले १५ हजार १३५ मत, जनमत पार्टीले १५ हजार १३, नेमकिपाले ११ हजार ७०३, एकीकृत समाजवादीले १० हजार ८६४, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६९२ र अन्य पार्टीले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् ।
