मकवानपुर क्षेत्र नम्वर १ (क): २८५६० गणना गर्दा पुलामी अगाडि, कसको कति मत ?

तु खबर संवाददाता
२०७९ मंसिर ७,बुधबार ०८:१५

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले ११ हजार ९७ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका कमल बहादुर विष्टले ९ हजार ५३९ मत पाएका छन् ।

हालसम्म २८ हजार ५६० मत गणना भएको छ । जसमा पुलामीले १ हजार ५५८ मतले विष्टलाई पछि पारेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले ५ हजार ८०७ मत पाएका छन् ।