माओवादीको बागमती प्रदेश उपाध्यक्षमा मकवानपुरका छिन्तु

तु खबर संवाददाता
२०७८ पुष ६,मंगलवार ०८:५०
file-photo

मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर पुलामी (छिन्तु) विजयी भएका छन् । सोमबार भएको मतदानमा १३८ मतसहित पुलामी उपाध्यक्ष पदमा विजयी भएका हुन् । पुलामीसँगै उपाध्यक्षमा पदमा रुपा महर्जन र रामप्रसाद ढुंगाना विजयी भएका छन् । उनीहरुले क्रमशः १७८ र १०१ मत प्राप्त गरेका छन् ।

तीन उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको थियो । यस्तै, माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत प्राप्त गर्दा गौतमले ८६ मत प्राप्त गरे । यसैगरी, सचिव पदमा इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् ।

तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् । गएको मंसिर २५ र २६ गते भएको प्रदेश सम्मेलनले २७५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । सोही कार्यसमितिका सदस्यहरुले सोमबार मतदान गरी पदाधिकारी चयन गरेको नेकपा माओवादी केन्द्रका नेता कमानसिंह पाख्रिनले जानकारी दिए ।