कमल थापा जस्तो पर्यटक हामी होइनौं : पुलामी

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवम् मकवानपुर क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले कमल थापा जस्तो पर्यटक आफु नरहेको बताएका छन् ।
शनिबार जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ८ शिखरपुरमा लोकतान्त्रिक बामगठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै उनले आफु यहि जन्मेर हुर्कि आएको मान्छे हुँ भन्दै यहि ठाउँको विकास गर्न सदैब लागिपर्ने बताए ।
‘म मकवानपुरको प्रत्येक जनताको घरमा पुगेको छु, जनताको समस्याहरु बुझेको छु जनताको अधिकारका लागि नै हिँडिरहेको छु , ’ उनले भने,‘मलाई झुटा आश्वासन बाँढ्नु छैन, कमल थापा जस्ता पर्यटक हामी होइनौ, त्यसैले म तपाईहरुकै साथमा रहेर काम गर्छु ।’
उनले कमल थापाहरु प्रतिगमनको मतियार बनेर आएको भन्दै त्यसबाट सचेत रहन आग्रह गरे । पैसाको चलखेल गरेर सोझा साझा जनताको भोट किन्न खोजेका जनआन्दोलन बिरोधीलाई यहाँका जनताले सबक सिकाउनुपर्ने उउनको भनाई छ ।
उनले आफु प्रदेश सभामा रहँदा यहाँको विकासका लागि सक्दो कार्य गरेको बताउँदै अधुरा रहेका कामलाई पूर्णता दिन फेरी भोट दिएर जिताउन मतदातासंग अनुरोध गरे ।