अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा रायमाझी

तु खबर संवाददाता
२०७८ आश्विन ४,सोमबार १५:२७

मकवानपुर । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा जयराम रायमाझी चयन भएको छ । महासंघको सोमबार बसेको भेलाले रायमाझीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गटन गरेको छ ।

समितिको उपाध्यक्षमा श्याम सुन्दर महतो, बाल कुमारी ढकाल, सरस्वती लामा (घलान), सचिव अशोक राखाल, कोषाध्यक्ष बिन्दा तितुङ र सह–सचिवमा लव थापा चयन भएका छन् । भेला नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो ।

भेलालाई सम्बोधन गर्दै पुलामीले पार्टी निर्माण अभियानमा जनस्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए । यस अभियान अन्तर्गत नै जनबर्गीय संगठनहरुको भेला सम्मेलन अभियान चलाइएको उनको भनाई छ । पार्टीलाई सहयोग पुग्ने गरी अभियान सञ्चालन गर्न पुलामीले संगठनलाई निर्देशन दिएका छन् । भेलामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपमहासचिव सुर्य तिवारी, बागमती प्रदेश अध्यक्ष कानूनलाल चौधरी, सचिव अमर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।