प्रतिपक्षीलाई छिन्तुले भने– ‘यो त सुरुवात मात्रै हो’

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनको उद्देश्य सत्ता हत्याउने भन्दा पनि प्राप्त उपलब्धीहरुलाई जोगाउने बताएको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पुलामीले नेपाली जनताले प्राप्त गरेको उपलब्धी, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन गरिएको बताए ।
‘यहाँ गठबन्धन किन गरियो भन्ने पनि प्रश्न आयो । हाम्रो उद्देश्य सत्ता हत्याउने होइन, उपलब्धी जोगाउने हो । र म साथीहरुलाई के पनि भन्न चाहान्छु भने यो त सुरुवात मात्रै हो । हेर्दै जानुहोला, जनताले प्राप्त गरेको उपलब्धी रक्षाको लागि हामी निरन्तर लागिरहनेछौँ ।’ उनले भने ।
उनले सरकारले ल्याएको प्रि बजेटमाथि प्रतिपक्षीले विरोध गर्नकै लागि विरोध गरेको बताए । ‘ विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता मैँले पनि पढेको छु । यसमा महिला विकासमा पहिला, बा र आमा हाम्रा, भगवानभन्दा पनि राम्रा भन्ने भाव झल्किएको छ ।’ उनले भने ।