भारी मतान्तरसहित देउवा निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०८:३९
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरेका गरेका छन् । यस्तै, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरेका छन् ।