समाचार

टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको माथागढि गाउँपालिका–६, चिल्लेपानीस्थित झडेवा रहबासभित्री कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडकदेखि करिब ४० मिटर तल खस्दा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशपुरका ४० वर्षीय...

गैसस महासंघ मकवानपुरको अध्यक्षमा सापकोटा

मकवानपुर । गैर सरकारी संस्था महासंघ मकवानपुर शाखाको अध्यक्षमा रमिला सापकोटा चयन भएकी छिन् । महासंघको हेटौंडा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट सापकोटा अध्यक्ष पदमा चयन भएकी हुन् । यस्तै, महासंघको उपाध्यक्षमा कुमारी वाईवा, सचिवका सन्तोष पौडेल, सह–सचिवमा गोकर्ण तिवारी तथा कोषाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएका छन् । यसैगरी, सदस्यहरुमा...

स्ववियु निर्वाचनअन्तर्गत आज दाबी विरोध

काठमाडौं । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी, उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली...

अब राष्ट्रपतिको सवारीमा सडक खाली नगराइने

काठमाडौं । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका...

उपराष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली सार्वजनिक हुने

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि हिजो जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । ९ दलीय गठबन्धनमा...

यस्तो रहने छ आजको मौमस

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यतिवेला देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् । भण्डारी...

माओवादी धारको संयुक्त पत्रकार सम्मेलन आज हुँदै

काठमाडौं । माओवादी धारले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी धारले आज अपराह्न २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने माओवादी केन्द्रका...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

बारा । बारामा शनिबार साँझ सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साँझ करिब साढे ६ बजे बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु...

स्ववियु निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी भएको छ । शनिबार उम्मेदवारी दर्तासँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक...