समाचार

तनहुँ-१ र बारा-२ मा पनि बैैशाख १० गते नै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो । उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको...

सिटिजन लाइफले प्रिमियममा आईपीओ खुल्ला गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो । फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको...

जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृती

काठमाडौंं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत्र ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो...

चितवन–२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस

चितवन । आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै...

मृत अवस्थामा भेटिइन् मकवानपुरकी बलामी

मकवानपुर । मकवानवपुरको थाहा नगरपालिकामा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् । थाहा नगरपालिका वडा नम्वर ६ की ४० वर्षीया निर्मला बलामी मृत अवस्थामा फेला परेकी हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, बलामी आफ्नै घरमा सुतेकै अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले घटना स्थल सुरक्षित...

मकवानपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ घमनटोलको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । शनिबार राति स्थानीय ६२ वर्षीय बलबहादुर राईको कच्ची घरमा टुकी बत्तिबाट आगलागी हुँदा घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा भएको नगद, अन्नपात, लत्ताकपडा...

शेयर बजारमा हरियाली छायो

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको...

सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत्र ११ गतेदेखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो । संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ को अध्यक्षतामा बसेको बैठकले...

राष्ट्र बैंकले ३३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार, २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका...

स्ववियु निर्वाचन : मकवानपुरको कुन क्याम्पसमा कस्को नेतृत्व ?

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको सबै क्याम्पसमा मत गणना सम्पन्न भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ८ वटामध्ये निर्वाचन भएको ७ वटै क्याम्पसमा मत गणना सम्पन्न भएको हो । मत गणनाको अन्तिम परिणाम अनुसार, जिल्लाको ५ वटा क्याम्पसमा अनेरास्ववियू प्यानलका उम्मेदवार र...