चितवन–२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस

चितवन । आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो ।
साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै केन्द्रमा पत्राचारसमेत गरेको छ । सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत्र १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले जानकारी दिए ।