समाचार
एमालेद्वारा रामसहाय यादवको उम्मेदवारी खारेजको माग
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो । एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति...
लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित इलाम चुलाचुली गाउँपालिका–१ बस्ने ३४ वर्षीया मञ्जु चापागाईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको...
आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रामबहादुरको माटो र ढुङ्गाले बनेको...
उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता
काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म भएको मनोनयन दर्ता कार्यक्रमअन्तरगत ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी...
राजदूत आचार्यले बुझाए राष्ट्रपति भेलालाई ओहदाको प्रमाणपत्र
काठमाडौँ । माल्टा र युकेका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले राष्ट्रपति जर्ज भेलालाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । सो अवसरमा राष्ट्रपति भेलाले दुरीका बाबजुद पनि हालका वर्षहरूमा दुई देशबीचको सम्बन्धले गति लिएको बताए । उनले माल्टामा रहेका नेपाली समुदायको प्रशंसा गर्दै आर्थिक वृद्धि र सामाजिक संरचनामा योगदान पुगेको...
स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता...
आजको मौसम : एक–दुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार, शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ...
कुटपिटबाट एक जनाको मृत्यु
जनकपुरधाम । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेको प्रहरीले जनाएको छ । मृतक परिवारका अनुसार, बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीन जनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे...
उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार, बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि...
आज उपराष्ट्रपतिको मनोनयन दर्ता
काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली भने आइतबार सार्वजनिक हुनेछ । उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक...










