समाचार

फागुन २८ गते माओवादी धारको संयुक्त पत्रकार सम्मेलन हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन यही फागुन २८ गते हुने भएको छ । नेकपा माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे काठमाडौंको प्रज्ञा भवनमा हुने जानकारी गराएका हुन् । आज बसेको माओवादी धारको बैठकले आइतबार...

जनमत पार्टीद्वारा उपराष्ट्रपतिमा ममताको नाम अनुमोदन

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अनुमोद गरेको छ । सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन...

चार कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा...

पाँच जना मृत अवस्थामा फेला

काठमाडौं । देशभरका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, देशको काठमाडौं, धनुषा, लमजुङ र नुवाकोट गरी चार छुट्टछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–४...

ए डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुने भएको छ । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लवबीच प्रतिस्पर्धा...

एआईजी बढुवा गर्न निर्वाचन आयोगले दियो अनुमति

काठमाडौं । निर्वाचन आयोगले नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो । बिहीबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद...

दबाबमूलक कार्यक्रम गर्ने माओवादी धारको निर्णय

काठमाडौं । नेकपा माओवादी धाराका दलहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको बैठकमा सहभागी नेकपा माओवादी समाजवादीका अध्यक्ष...

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान राष्ट्रपतिको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो । भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६...

आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीबार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो । यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ ।...

माओवादी धारको बैठक जारी

काठमाडौं । माओवादी धाराका दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हाल जारी छ । बिहान साढे ८ बजेदेखि बैठक जारी छ । बैठकमा माओवादी केन्द्रका, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीर नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी रहेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, विप्लव...