समाचार

प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय दलको...

स्ववियु निर्वाचन : देशभर आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । करिब १४ वर्षपछि साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको...

आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेस गरिने

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन गत चैत्र ३ गते शुक्रबार शुक्रबार...

कलाकार संघको अध्यक्षमा मोहन निरौला

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १९ औँ महाधिवेशनमा निरौलाले आफ्नो प्रतिस्पर्धी रेजिना उप्रेतीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निरौलाले उप्रतिलाई २६ मत अन्तरले पराजित गरेका हुन् । कुल खसेको ४६८ मतमध्ये मोहनले २३५ मत प्राप्त...

स्ववियु निर्वाचन आज हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । आज ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही...

गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ९, तिलगंगास्थित सडकमा शनिबार बिहान गाडीको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–९ घर भई हाल काठमाडौं सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका...

सामाजिक सुरक्षा कोषद्वारा ३ अर्ब ७८ करोड दाबी भुक्तानी

काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने ४ अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा...

कांग्रेसले केन्द्रीय कार्य सम्पादनको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय...