समाचार
नदीमा डुबेर एक जनाको मृत्यु
वीरगञ्ज । पर्सामा लुठा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पर्सागढ़ी नगरपालिका वडा नम्वर ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिन्दाले...
उपनिर्वाचनका लागि दलहरूलाई चुनाव चिन्ह प्रदान
काठमाडौं । आसन्न बैशाख १० मा हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले १८ वटा दलहरूलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको...
बिहीबार ५० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार उच्च अंकले बढेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से सूचक ५०.०४ अंक अर्थात २.५६ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ४५...
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । राष्ट्रपति पदको लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा होमिएका छन् । बिहीबार बिहान १० देखि दिउँसो ३...
राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो
काठमाडौं । राष्ट्रपति चयनको लागि भएको मतदानमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म संचालन भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने...
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका...
राष्ट्रपति निर्वाचनको मतदान सकियो, केहीबेरमा मतगणना
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजे सकिएको हो । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको...
सुनको भाउ घट्यो
काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।...
राष्ट्रपति चयनका लागि मतदान सुरु
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा केहीबेर अघिदेखि मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएको उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा आज...









