समाचार
नाबालिका बलात्कार आरोपमा २ जना किशार पक्राउ
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिका बलात्कारको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त घटना गत फागुन १७ गतेको भएपनि ढिलोगरी घटना सार्वजनिक भएको...
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अभिव्यक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आज हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार रिट दायर गरेका थिए । उक्त रिटमा आजका लागि पेशी तोकिएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक...
राष्ट्रपति निर्वाचनः रास्वपा उम्मेदवार चयन गर्न बैठक बस्दै, राप्रपा सहभागी नहुने
काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । पार्टीको आज विहान बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर निक्र्यौल गर्ने रास्वपाले जनाएको छ । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् । आज बिहान १० बजेदेखि ३ बजेसम्म...
स्ववियु निर्वाचन : १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दै
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् । सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ...
राष्ट्रपति निर्वाचनको परिणाम आजै आउने
काठमाडौँ । आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरिएको छ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन...
राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिन रास्वपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचनका विषयमा अहिलेसम्म नखुलेको रास्वपाले कुन उम्मेदवार मतदान गर्ने भन्ने बारे निर्णय लिने भएको हो । पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज केन्द्रीय समिति बैठक बोलाएको पार्टीका उपसभापति...
संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी
काठमाडौं । सरकारले देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवम् परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अब छिट्टै ल्याउने तयारी गरेको छ । उक्त ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बुधबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा छिट्टै विधेयक संसदमा पेस...
आज पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका एकद्दु-ई स्थानमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने भएको हो । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ । सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति...
राष्ट्रपति निर्वाचन आज हुँदै
काठमाडौं । राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया संचालन हुने निर्वाचन आयोगले जनाएको छ । संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । बानेश्वरस्थित संसद...








