पहिरोमा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २,बिहीबार १८:०१

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार दिउँसो पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर स्थानीय ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई उपचारको लाथि तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।