राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने

तु खबर संवाददाता
२०७९ चैत्र ३, शुक्रबार ०८:१७
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने भएको छ । यसअघि फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाका १४ संघीय सांसद र २८ प्रदेश सभा सदस्य मतदाता छन् । आज बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवनमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।