समाचार

कांग्रेस मकवानपुरद्वारा नेवि संघका अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् । सभापति देउवालाई पठाएको पत्रमा कांग्रेस मकवानपुरले सर्वसम्मत...

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति पदका लागि ८ दलीय गठबन्धनको...

बेचविखनको जोखिममा परेका दुई जनाको उद्धार

वीरगञ्ज । बेचबिखनको जोखिममा परेका दुई जना महिलाको वीरगञ्जबाट उद्धार गरिएको छ । मानव बेचबिखन नियन्त्रणका लागि काम गर्दै आएको संस्था आफन्त नेपालले दुई जनाको उद्धार गरेको हो । सर्लाही घर भएकी १४ वर्षीया बालिका र सुनसरीको धरान बस्ने २६ वर्षीया महिलाको उद्धार गरिएको आफन्त नेपाल वीरगञ्जले जनाएको छ...

हेटौंडा सवारी दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियास्थित कठायत चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए...

नेपाल र ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । उनीहरुबीच बुधबार भेटघाट भएको हो । अध्यक्ष नेपालका भार्इ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन् । शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेका...

पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क बनाउछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क रुपमा सेवा विस्तार गर्ने बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रचण्डले सात वटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडा...

अमेरिकाबाट पठाएको पार्सलमा गाँजा बरामद, तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाँजा बरामद गरेको छ । एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २.४ किलो गाँजा बरामद गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । फागुन २१ मा अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना...

राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा

काठमाडौं । राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा...

हेटौंडामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ११ः०५ बजेको समयमा हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा...

नारी सशक्तीकरणका लागि जुटौँः अध्यक्ष ढकाल

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एमव् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नारी सशक्तीकरणमा शिक्षाको अहम भुमिका हुने भन्दै नारीलाई शिक्षित र दीक्षित बनाउनुपर्ने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले...