बिहीबार सामान्य अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ चैत्र २,बिहीबार १६:०४

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा पुगेर रोकिएको छ ।

सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचकम राताम्य रहेका छन् ।

यसअघि बुधबार नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको थियो भने नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।