मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते

तु खबर संवाददाता
२०७९ चैत्र २, बिहीबार १७:१५

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा आज दिउँसो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दिउँसो ३ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको बस आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएकामध्ये अन्दाजी ३/४ जना गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, घाइते सबै जनालाई उपचारको चितवनको भरतपुरतर्फ पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।