समाचार

हेटौंडा दुर्घटना अपडेट : मृतकको सनाखत

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर मृत्यु भएकी महिलाको मृत्यु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ती गाडीले ठक्कर दिँदा मृत्यु भएकी महिलाको सनाखत भएको...

नक्कली सवारी चालक अनुमति पत्र बनाउने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका पारस साह तुराह रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । तुराहमाथि शंका लागि शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली लाइसेन्स फेला परेको...

उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा तटस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने...

मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले अतिआवश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान रोक  लगाएको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै मन्त्री र कर्मचारीले अत्यावश्यक बाहेक...

पोखरा विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद थप

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार जानकारी दिइन् । गत माघ १ मा काठमाडौंबाट गएको यती एयरको...

हेटौंडामा चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आगामी चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो । चैत्र ११ गतेसम्म संचालन हुने प्रतियोगिता हेटौंडा उपमहानपालिका वडा नम्वर ५ पिप्ले (क्याम्पा) रंगशालामा हुनेछ ।...

विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौंको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो । तत्कालीन एकीकृत समाजवादीबाट अलग भएका विप्लव र कर्णजीत पार्टी एकता गरेर...

जसपाद्वारा कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेताहरुले बताएका छन् । बैठकमा पार्टीको तर्फबाट समानुपातिक सांसदबारे छलफल हुनेछ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

जसपाका नेताहरू र लोसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरू र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । उनीहरुबीच बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । भेटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले जानकारी दिए...