समाचार

नहरमा डुबेर दुई जनाको मृत्यु

बाँके । कोहलपुर नगरपालिका–१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको...

नेपालमा सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुरु गर्ने

काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुरु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले आगामी चैत्र ६ गतेदेखि चेङ्दुुबाट साताको ४ उडान गर्ने जनाएको छ । सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार, बुधवार, शुक्रबार र आईतबार स्थानीय समय अनुसार १५ः३५ बजे...

लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर । प्रहरीले मोरङ र कैलाली दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध लुपिजेशिक ५० एम्पुल, एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी...

मिथिला क्षेत्रमा होली भोलि मनाइने

काठमाडौं । तराईका धेरैजसो ठाउँमा आज होली मनाएपनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ । १५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ । यस्तै, कतिपयले मंगलबार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने भएका हुन् । मंगलबार माछामासुको परिकार पकाउन...

चितवनमा मृत फेला परे हेटौंडाका पाठक

मकवानपुर । हेटौंडाका एक युवक चितवनको नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नमवर ९ बस्ने २४ वर्षीय सौरभ पाठक मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, पाठकको शव चितवन भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा फेला परेको...

माओवादी धारको बैठक पुनः २६ गते बस्ने

काठमाडौं । माओवादी धारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते पुनः माओवादी धारहरुको बैठक बस्ने भएको छ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले जानकारी दिए । सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ–आफ्नो...

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ पुगेको रोकिएको छ । राजनीतिक अस्थिरताको कारण लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल १ अर्ब २० करोड ४४ लाख नौ हजार ४११...

सांसदहरुलाई भोलिसम्म काठमाडौं आइपुग्न निर्देशन

काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो । बैठकले प्रतिनिधि सभा, राष्ट्रिय सभा र...

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा आज रिट दर्ता भएको छ । प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो । प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा सो अभिव्यक्ति दिएका थिए...

मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको ज्यान गयो

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) को ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत...