समाचार
आगलागीमा परी वृद्धको मृत्यु
दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–२ डाकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८७ वर्षीय महवीर थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार, सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको हो । मृतक वृद्ध घरमा एक्लै बस्दै...
माओवादी धारका नेताहरुको बैठक जारी
काठमाडौं । नेकपा माओवादी धारका नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट सुरु भएको बैठक हाल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा...
जंगलको आगो वस्तीमा पस्दा २ घर जलेर नष्ट
फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्वर १ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट कुम्मायक गाउँपालिका–१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो...
स्लो साइकल प्रतियोगितामा ठाकुर प्रथम
मकवानपुर । फागु पूर्णिमाको अवसरमा हिमालयन राईडर्स सोसाइटी हेटौंडाद्वारा आयोजित साइकल स्लो राईडमा बिजेता खेलाडीलाई पुरस्कृत गरिएको छ । सोमबार बिहान हुप्रचौर खेल मैदानमा भएको प्रतियोगितामा राजीप ठाकुर प्रथम, अबिज्ञ गौतम द्वितीय, विकास बानियाँ पुरस्कृत भएका हुन् । सबैभन्दा कम उमेरका प्रवेश नेपाललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।...
मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ५ चैनपुरबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी बिस्रामपुर ग्राम बस्ने ५५ वर्षीय राजेश्वर महतो रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले २ किलो ३ सय ग्रामसहित आइतबार दिउँसो पक्राउ...
आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार, मंगलबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई...
राष्ट्रपति चुनाव : आजदेखि प्रचारप्रसारमा रोक
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावलाई लक्षित गर्दै आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा रोक लगाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको चुनाव अन्तरगत सार्वजनिक गरिएको तालिका अनुसार, आजबाट प्रचारप्रसाद बन्द गरिएको हो । आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको...
आज तराईका जिल्लामा होली मनाइँदै
मकवानपुर । रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक विदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार विदा थियो । असत्यमाथि सत्यको विजयको...
होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले होलीका अवसरमा शुुभकामना व्यक्त गरेका छन् । रंगहरुको पर्व फागु (होली) यो वर्ष आज पहाडी तथा हिमाली एवम् भोलि भित्री मधेस र तराईका जिल्लाहरुमा मनाइँदैछ । होलीका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो पर्वले राष्ट्रिय एकता कायम...
आज पहाडी जिल्लामा होली मनाइँदै
मकवानपुर । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ...










